अरुण गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न: आगामी आर्थिक वर्षका लागि ४८ करोड बढीको बजेट पारित

Listen to this article
1 minute read

भोजपुर / अरुण गाउँपालिकाको गरिमामय १६ औँ गाउँसभाको पहिलो (बर्खे) अधिवेशन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै आज (बुधबार) सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल( ४८ करोड १० लाख ७ हजार रुपैयाँ) बराबरको विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ।

गाउँसभाको यस अधिवेशनमा आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी पारित गरिएको छ। स्थानीय तहको चौतर्फी विकास, आर्थिक समृद्धि र जनभावनालाई मुख्य प्राथमिकतामा राखेर तयार पारिएको नीति तथा कार्यक्रमसँगै गाउँपालिकाको आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत सभामा पेश भई पारित भएका हुन्। पारित बजेट तथा कार्यक्रमले गाउँपालिकाको पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

गाउँपालिका भित्रको आर्थिक पारदर्शिता र सुशासनलाई थप सुदृढ तथा परिपक्व बनाउनका लागि गाउँसभाले यसै अधिवेशनबाट (सार्वजनिक लेखा समिति) समेत गठन गरेको छ। यसका साथै, पालिकामा वित्तीय अनुशासन कायम गर्ने तथा प्रशासनिक ढिलासुस्ती अन्त्य गर्ने उद्देश्य अनुरूप अरुण गाउँपालिकाको बेरुजु सम्परीक्षण नियमित गर्नेसम्बन्धी प्रतिवेदन समेत सभामा पेश भई पारित भएको छ। यस निर्णयले पालिकाको प्रशासनिक तथा वित्तीय पाटोलाई थप जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनको सुखद समापनसँगै गाउँपालिकाले १६ औँ गाउँसभालाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण र जिम्मेवार भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण आदरणीय गाउँसभा सदस्यहरू तथा अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारीहरूप्रति हार्दिक नमनसहित धन्यवाद ज्ञापन गरेको छ। नयाँ नीति, सन्तुलित बजेट र महत्त्वपूर्ण समितिको गठनसँगै आगामी दिनमा अरुण गाउँपालिकाको समग्र विकास यात्राले थप तीव्र गति लिने विश्वास लिइएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *