षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, ९१ करोड बढीको बजेट पारित

Listen to this article
1 minute read

भोजपुर । षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ९१ करोड ८ लाख ४८ हजार ६ सय ७३ रुपैयाँ बराबरको बजेट पारित गर्दै नगरसभा सम्पन्न गरेको हो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ५८ करोड २२ लाख ५१ हजार ६ सय रुपैयाँ, पुँजीगततर्फ १८ करोड ८५ लाख ९७ हजार ७३ रुपैयाँ तथा सामाजिक सुरक्षातर्फ १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभाबाट विभिन्न शाखा तथा क्षेत्रगत कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ । जसअनुसार भौतिक पूर्वाधारतर्फ २१ लाख रुपैयाँ, सामाजिक विकास शाखातर्फ १५ लाख रुपैयाँ, शिक्षा तथा खेलकुद विकास शाखातर्फ ३२ लाख ७५ हजार रुपैयाँ, स्वास्थ्य शाखातर्फ २६ लाख रुपैयाँ, कृषि विकास शाखातर्फ ३० लाख रुपैयाँ, योजना शाखातर्फ ३ लाख रुपैयाँ, सूचना प्रविधि शाखातर्फ ६ लाख रुपैयाँ तथा रोजगार सेवा केन्द्रतर्फ १० लाख रुपैयाँ विनियोजन भएको छ ।

नगरसभाले सेवा प्रवाहलाई थप प्रभावकारी र छिटोछरितो बनाउने उद्देश्यसहित “दिनमा होइन, छिनमै सेवा” भन्ने नीति समेत पारित गरेको छ । नगरपालिकाले यस नीतिमार्फत नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *