सिताराम चन्द्रवंशी (समिर)
बराहक्षेत्र | सुनसरीको रामधुनी–४ मा अवस्थित ऐतिहासिक रामधुनी जंगल आज केवल गाई चराउने ठाउँ मात्र होइन, यो धार्मिक करुणा र व्यवस्थित संरक्षणको जीवन्त संगम बनेको छ। रामधुनी मन्दिरको आँगनमा बिहानैदेखि गाईका माउ–बाछाको मायालु आवाजले भक्तजनको मन छुन्छ, र यो दृश्यले यस पवित्र तीर्थस्थलको पहिचानलाई अझ उज्यालो बनाएको छ।
रामधुनी बाबा वनखण्डी गुठी व्यवस्थापन समितिका अनुसार यस गौशालामा हाल माउ, बाछा र बाछी गरी करिब सय गाई सुरक्षित रहेका छन्। तर, यो संख्या आजको दिनमा मात्र आएको होइन — यसको जरा विगत लामो समयदेखिको जनआस्थामा गाडिएको छ। पछिल्लो समय वि.सं. २०७२ सालयता भने यहाँको गौशाला अझ ब्यवस्थित बनाइ गाई संरक्षण कार्यलाई अत्यन्तै व्यवस्थित बनाइएको छ। सुरक्षित बासस्थान, चरन क्षेत्र को सुविधा , हेरचाह र नियमित स्वास्थ्य जाँचले गर्दा गाईको संख्यामा मात्र वृद्धि भएको छ ।
यहाँ भक्तजनले गाई दान गर्ने, वा आफ्नो गाई ल्याएर मन्दिर परिसरमा छोडेर जाने क्रमले संख्यामा निरन्तर थप हुँदै गएको छ। गाईको यो संरक्षणले ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले समेत रामधुनि मन्दिरको गरिमा थपेको छ।
आजभोलि यो गौशाला केवल सुनसरीकै नभई दूरदराजका श्रद्धालु र पर्यटकको लागि समेत विशेष आकर्षणको केन्द्र बनेको छ। जहाँ मानिसहरू पूजा–आराधना मात्र गर्न आउँदैनन्, उनीहरू यी दुई सय गौमातालाई नजिक बाट निहालेर ,सेवा गरेर फर्किन्छन्।

गाई को संख्या बढ्दै जादा भावी दिन मा अझै ब्यवस्थित बनाउन र गौमाताको संरक्षणमा पहल गर्न रामधुनी बाबा वनखण्डी गुठी व्यवस्थापन समितिका ले ध्यान दिन आवश्यक छ ।













