इटहरी । इटहरीमा एआईसम्बन्धी तीनदिने निःशुल्क तालिम सुरु भएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षता तथा नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डप काठमाडौंका निःमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरको प्रमुख आतिथ्यमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तीनदिने निःशुल्क तालिम कार्यक्रम सुरु भएको छ।
डिजिटल प्लेटफर्म तथा एआई प्रविधिसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम कार्यक्रमको संयोजन केशव गिरीले गरेका छन्।
तीन दिनसम्म सञ्चालन हुने तालिममा एआईको प्रयोग, डिजिटल मार्केटिङ, अनलाइन प्लेटफर्म व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिने अध्यक्ष तेजबहादुर पुरीले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि हिक्मत सिंह ऐरका अनुसार डिजिटल प्रविधि र एआईको प्रभावकारी प्रयोगले पर्यटन तथा व्यवसायिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।

कार्यक्रममा पर्यटन, होटल व्यवसाय तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।













