उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा सदस्य पदका उम्मेदवार बलराम बस्नेत चुनावी मैदानमा

Listen to this article
1 minute read

इटहरी / उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचनका लागि सदस्य पदमा बलराम बस्नेत चुनावी मैदानमा उत्रिएका छन्। सुनसरी मोबाइल व्यवसायी संघका निवर्तमान अध्यक्षसमेत रहेका बस्नेतले मोबाइल व्यवसायीहरूको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन्।

लामो समयदेखि इटहरी तथा सुनसरी जिल्लामा मोबाइल व्यवसाय क्षेत्रमा सक्रिय बस्नेत व्यवसायीहरूको हकहित, व्यवसायमैत्री वातावरण निर्माण तथा प्रविधिमा आधारित व्यापार प्रवर्द्धनका पक्षमा काम गर्दै आएका छन्। उद्योग वाणिज्य संघमा सबै क्षेत्रका व्यवसायीको प्रभावकारी प्रतिनिधित्व हुनुपर्ने धारणा राख्दै उनले उम्मेदवारी दिएका हुन्।

बस्नेतले आफू निर्वाचित भए मोबाइल व्यवसायीसहित साना तथा मझौला व्यवसायीका समस्या समाधान, व्यवसायिक एकता सुदृढीकरण तथा व्यवसायीको अधिकार संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

इटहरी उद्योग वाणिज्य संघको निर्वाचन असार २७ गते हुने तय भएसँगै उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन्। यसपटकको निर्वाचनलाई इटहरीको व्यावसायिक क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *