स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

प्रहरी प्रशासनविरुद्ध कलम चलाएका पत्रकार ढकाल साइबर अपराधको मुद्दामा पक्राउ गर्नुकाे यस्ताे छ भित्री कथा


इटहरी: पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर अपराधको मुद्दामा पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले ढकाललाई पक्राउ गरेको हो । पछिल्लो समय प्रहरी प्रशासनविरुद्ध विभिन्न समाचार लेख्दै आएका ढकाल प्रहरीको निगरानीमा थिए । उनले क्यानडा नेपाल डटकममा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई समेत जोडेर प्रहरीका उच्च अधिकारीले मधेस प्रदेशमा घुमुवा मार्फत गाँजा तस्करसँग नजराना उठाएको शिर्षकमा समाचार लेखेका थिए । त्यस्तै मधेस प्रदेश प्रमुख डीआइजी गोविन्द थपलियाले क्षेत्राधिकार मिचेर कर्मचारीमाथि प्रतिशोध साँधेको विषयमा पनि समाचार प्रकाशित गरेका थिए । प्रहरी प्रशासनविरुद्ध निरन्तर समाचार लेख्दै आएका ढकालले पछिलो समय इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालविरुद्ध अनियमिता गरेका समाचार लेखेका थिए । सोही समाचारलाई लिएर उनीविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरीमा दर्ता भएको जाहेरीका आधारमा पक्राउ गरिएको नयाँ बानेश्वर प्रहरी वृत्तका एक अधिकृतले बताए । क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यममा सम्बद्ध उनका विरुद्ध इलाका प्रहरी सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका उनलाई मुद्दाको अनुसन्धानका लागि प्रहरीले उनलाई सुनसरी चलान गरेको छ । यसैबीच
नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक सिर्जना गर्न खोजिएको जनाएको छ । महांघका महासचिव आशिष गुरागाईद्वारा जारी प्रेस विज्ञप्तीमा समाचार लेखेको वा पत्रकारितासँग सम्बन्धित सामाग्री प्रकाशित गरेको आधारमा पत्रकारमाथि साइबर अपराधको मुद्दा लगाइ पक्राउ गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात भएको उल्लेख छ ।
पक्राउ लगत्तै उनको वानेश्वरस्थित डेरामा प्रहरीले छापा मारेर आफुहरुलाई आतंकित बनाएको परिवारको गुनासो छ । प्रहरीले मुचुल्का उठाउने नाममा डेरामा खानतलासी गरेको थियो ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *