बेलबारीमा एमालेका लोकप्रिय वडाध्यक्षसुवेदी नै रास्वपामा !

Listen to this article
1 minute read

मोरङ | नेकपा (एमाले) मोरङको राजनीतिमा नयाँ तरंग देखिएको छ। बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेसँगै राजनीतिक माहोल तातेको हो। विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिएका छन्।

दोस्रो कार्यकालका वडाध्यक्ष सुवेदी यसअघि एमाले मोरङका जिल्ला सदस्यसमेत थिए। पहिलो कार्यकालमा नगर प्रवक्ताको जिम्मेवारी सम्हालेका उनी ‘जेनजी’ आन्दोलनपछि भने पार्टी गतिविधिबाट टाढिँदै गए। उनले जिल्ला कमिटीबाट राजीनामा दिएपछि पार्टी नेतृत्वसँगको दूरी अझ बढेको बताइन्छ।

एमालेले उनलाई रास्वपातर्फ लागेको आरोपसहित कारबाही प्रक्रिया अघि बढाएको छ। तर सुवेदीले भने आफूले गत भदौ ३१ मा नै नगर प्रमुखलाइ राजीनामा दिए पनि स्वीकृत नभएकाले अझै वडाको कामकाज जारी राखेको स्पष्ट पारेका छन्।

रोचक कुरा के छ भने, बेलबारीमा लोकप्रिय मानिएका सुवेदी आगामी स्थानीय तह निर्वाचनमा मेयरका सम्भावित उम्मेदवारका रूपमा समेत हेरिन थालेका छन्। यसले आगामी दिनमा उनको राजनीतिक यात्रा कुन मोडमा पुग्छ भन्ने चासो झनै बढाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *