लागूऔषध दुरुपयोगविरुद्ध जनचेतना, सर्वसाधारणलाई पानी वितरण

Listen to this article
1 minute read

इटहरी — लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सरल उपचार तथा पुनःस्थापना केन्द्रले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

“लागूऔषध होइन, स्वस्थ जीवन रोजौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा दुर्व्यसनलाई अपराध नभई उपचारयोग्य रोगका रूपमा हेर्नुपर्ने सन्देश दिइएको थियो। केन्द्रका प्रतिनिधि रोहित गुरुङले दुर्व्यसनबाट प्रभावित व्यक्तिलाई अवसर, माया र उचित उपचार उपलब्ध गराएमा उनीहरूमा सकारात्मक परिवर्तन सम्भव हुने बताए।

कार्यक्रमका क्रममा अत्यधिक गर्मीलाई मध्यनजर गर्दै बाटोमा हिँड्ने सर्वसाधारणलाई निःशुल्क खानेपानी वितरण गर्नुका साथै लागूऔषध दुरुपयोगविरुद्ध जनचेतना फैलाउने अभियान सञ्चालन गरिएको थियो। सहभागीहरूले “Say No to Drugs”, “दुर्व्यसन एउटा रोग हो, अपराध होइन” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेका थिए।

कार्यक्रममा रिकभरी नेपाल, कोशी प्रदेशका अध्यक्ष चन्द्र बराल, पूर्व अन्तर्राष्ट्रिय गोलरक्षक सन्दीप थापा, कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू तथा पूर्व लागूऔषध प्रयोगकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकले लागूऔषधमुक्त समाज निर्माणका लागि समुदाय, परिवार र सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *