इटहरी – उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ। अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री कटवाल भण्डारीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएसँगै विभिन्न पदका उम्मेदवारहरूले पनि प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।
यही क्रममा साझा समूहबाट सदस्य (वाणिज्य) पदका उम्मेदवार बलराम बस्नेतले व्यवसायी मतदातासँग भेटघाट, घरदैलो तथा चुनावी अभियानलाई तीव्र बनाएका छन्। बस्नेतले व्यवसायीका हकहितको संरक्षण, संस्थागत सुदृढीकरण र व्यवसायमैत्री वातावरण निर्माणमा आफ्नो भूमिका प्रभावकारी रहने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग अत्यधिक मतसहित विजयी गराइदिन आग्रह गरेका छन्।
पोस्टरमार्फत पनि साझा समूहले अध्यक्षका उम्मेदवार नवराज काफ्लेको नेतृत्वमा बलराम बस्नेतलाई सदस्य (वाणिज्य) पदमा अत्यधिक मतले विजयी गराउन व्यवसायी समुदायसँग अपिल गरेको छ।

यसपटकको निर्वाचनमा करिब २ हजार ३ सय १५ मतदाताले मतदान गर्नेछन्। निर्वाचनबाट अध्यक्षसहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुने भएकाले इटहरीका उद्योगी तथा व्यवसायीबीच निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।













