सुन्दरहरैँचा–५ मा कांग्रेस नेताहरूको राजनीतिक बहस, ‘जनतासँग जोडिएर अघि बढ्छौं’ : देवराज तामाङ

Listen to this article
1 minute read

सुन्दरहरैँचा : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सभापति देवराज तामाङले सुन्दरहरैँचा–५ का अग्रज व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्तासँग समसामयिक र राजनीतिक विषयमा छलफल गरेका छन्।

छलफलमा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ (क) का उपसभापति रामप्रसाद रिजाल, नेपाली कांग्रेस सुन्दरहरैँचा–५ का सभापति घनश्याम न्यौपाने लगायत स्थानीय अग्रज व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति देवराज तामाङले पार्टीलाई अझ सशक्त, एकताबद्ध र जनमुखी बनाउन यस्ता नियमित छलफल आवश्यक रहेको बताए।

उनले भने, “नेपाली कांग्रेस जनताको भावना र आवश्यकतासँग जोडिएको पार्टी हो। वर्तमान राजनीतिक परिस्थिति, जनताका अपेक्षा र स्थानीय विकासका मुद्दामा पार्टीका अग्रज तथा साथीभाइसँग निरन्तर संवाद हुनुपर्छ। पार्टीभित्रको एकता, आपसी सहकार्य र संगठन सुदृढीकरणमार्फत हामी आगामी दिनमा अझ प्रभावकारी ढंगले जनताको सेवामा लाग्नेछौं।”

तामाङले लोकतन्त्रको सुदृढीकरण, सुशासन र विकासका एजेण्डामा नेपाली कांग्रेस दृढतापूर्वक उभिएको उल्लेख गर्दै पार्टीका सबै तहका नेता–कार्यकर्तालाई जनताको बीचमा अझ सक्रिय बन्न आग्रह गरे।

छलफलमा सहभागीहरूले स्थानीय विकास, संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा जनसरोकारका विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रमले पार्टीभित्र आपसी समन्वय र एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *