इटहरी उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्ष पदमा गायत्री कटुवाल भण्डारीको उम्मेदवारी, व्यवसायमैत्री नेतृत्वको प्रतिबद्धता

Listen to this article
1 minute read

इटहरी — इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले व्यवसायीमैत्री वातावरण निर्माण, आर्थिक स्रोतको व्यवस्थित परिचालन तथा पारदर्शी र समावेशी नेतृत्वको प्रतिबद्धतासहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन्।

उद्योग, व्यापार, पर्यटन र रोजगारी, समृद्ध इटहरीको आधार हाम्रो सबैको जिम्मेवारी” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी भण्डारीले इटहरीको व्यावसायिक विकासका लागि अनुभव, इमानदारिता र समर्पणयुक्त नेतृत्व आवश्यक रहेको बताएकी छन्।

उनले व्यवसायीको हितलाई केन्द्रमा राख्दै व्यवसायमैत्री वातावरण निर्माण, संघको आर्थिक स्रोतलाई व्यवस्थित र पारदर्शी ढंगले परिचालन गर्ने तथा सबै व्यवसायीलाई समेट्ने समावेशी नेतृत्व प्रदान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गरेकी छन्।

भण्डारीले इटहरीको उद्योग, व्यापार, पर्यटन तथा रोजगारी प्रवर्द्धनका लागि संघलाई अझ प्रभावकारी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूको साथ र विश्वासका लागि आग्रह गरेकी छन्।

इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरिरहेकी भण्डारीले आफ्नो चुनाव चिह्नमा मतदान गरी इटहरीको व्यावसायिक भविष्य निर्माणमा साथ दिन सम्पूर्ण मतदातासमक्ष अपिल गरेकी छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *