महिला नेतृत्वको पक्षमा व्यवसायीहरूको अपिल : गायत्री कटुवाल भण्डारीलाई अध्यक्षमा जिताउन आग्रह

Listen to this article
1 minute read

इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारीको पक्षमा व्यवसायी तथा शुभेच्छुकहरूको समर्थन बढ्दै गएको छ। सामाजिक सञ्जालदेखि व्यवसायिक भेटघाटसम्म उहाँको नेतृत्व क्षमता, व्यवसायिक अनुभव र सामाजिक योगदानलाई प्राथमिकताका साथ चर्चा गर्न थालिएको छ।

व्यवसायीहरूले यसपटक उद्योग वाणिज्य संघमा सक्षम, इमानदार र समावेशी नेतृत्वको आवश्यकता रहेको भन्दै महिला नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन्। “पुरुष उम्मेदवारको नाम र काम धेरै पटक हेर्यौं, अब महिला उम्मेदवारको मेहनत र समर्पणलाई पनि मूल्यांकन गरौं” भन्ने सन्देशसहित गायत्री कटुवाल भण्डारीको पक्षमा अभियान सञ्चालन भइरहेको छ।

इटहरीस्थित G4 Collection की सञ्चालिका भण्डारी लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएकी व्यवसायी हुन्। व्यवसाय सञ्चालनसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर रहँदै आएकी उनी विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहभागी हुँदै आएकी छन्। दुःख–सुखमा साथ दिने, सबैसँग समान व्यवहार गर्ने र निस्वार्थ भावले समाजसेवामा लाग्ने व्यक्तित्वका रूपमा उनलाई चिन्नेहरूको संख्या उल्लेख्य रहेको समर्थकहरूको दाबी छ।

उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा संस्था भएकाले यसलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सक्षम नेतृत्व आवश्यक रहेको उनी निकट व्यवसायीहरूको भनाइ छ। व्यवसायीका समस्या समाधान, साना तथा मझौला उद्यमीको संरक्षण, महिला उद्यमशीलताको प्रवर्द्धन, युवा व्यवसायीलाई अवसर र संस्थालाई आधुनिक तथा प्रविधिमैत्री बनाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेको समर्थकहरूले बताएका छन्।

भण्डारीले निर्वाचनमा व्यक्तिगत स्वार्थभन्दा संस्थागत विकासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएकी छन्। उद्योगी–व्यवसायीबीच एकता कायम गर्दै सबैको साझा संस्थाका रूपमा उद्योग वाणिज्य संघलाई अझ सशक्त बनाउने उनको लक्ष्य रहेको बताइन्छ।

आगामी असार २७ गते हुने निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारीलाई विजयी गराउन व्यवसायीहरूले अपिल गरिरहेका छन्। इमानदार नेतृत्व, व्यवसायिक अनुभव, सामाजिक योगदान र सेवामुखी सोचका आधारमा उनलाई मतदान गर्नुपर्ने उनीहरूकाे आग्रह छ।

यससँगै इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा महिला नेतृत्वको उपस्थितिले नयाँ ऊर्जा, समावेशी सोच र संस्थागत सुधारको अपेक्षा बढाएको व्यवसायीहरूको विश्वास रहेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *