इटहरी । दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी एलजी (LG Electronics) ले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ ‘LG Essential Series’ घरेलु उपकरण सार्वजनिक गरेको छ।
इटहरीस्थित रमादा होटलमा आयोजित विशेष कार्यक्रममा एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स सँगको सहकार्यमा नयाँ उत्पादन शृंखलाको औपचारिक अनावरण गरिएको हो।
कम्पनीका अनुसार LG Essential Series Double-Door Refrigerator मा Frost-Free Technology रहेको छ, जसले म्यानुअल डिफ्रोस्टको आवश्यकता हटाउँछ। साथै Smart Mode सुविधाले मौसमअनुसार स्वतः तापक्रम नियन्त्रण गर्ने र अघिल्ला मोडेलको तुलनामा करिब २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार LG Essential Series को बिक्री वितरण नेपालभर २०८३ असार (जुन २०२६) देखि सुरु गरिएको छ। प्रारम्भिक मोडेलहरूको मूल्य रु. ४९,६९० बाट सुरु हुने जनाइएको छ। यी उत्पादनहरू एलजीका आधिकारिक Brand Shop, विभिन्न Multi-Brand Retail Outlet तथा प्रमुख E-commerce Platform मार्फत उपलब्ध हुने कम्पनिका सिनिएर म्यानेजर मार्केटिङ एण्ड ब्राण्ड प्रमोसन मुकेश कुमार बैठाले बताउनुभयो ।
अभियान अन्तर्गत सार्वजनिक गरिएको यस शृंखलामा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ। नेपाली परिवारको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय वातावरण र प्रयोगको शैलीअनुसार उत्पादनहरू डिजाइन गरिएको कम्पनीको दाबी रहेको कम्पनिका सिजि इलेक्ट्रोनिकका प्रबन्धक बद्री भट्टराईले बताउनुभयो ।

नयाँ शृंखलाअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर सार्वजनिक गरिएको कम्पनिका एरिया म्यानेजर अभिनाश श्रेष्ठले बताउनुभयो ।
सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरकका रूपमा चार दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन र ग्राहक केन्द्रित सेवामार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता कायम रहनेछ।













