राष्ट्रिय धान दिवसमा होटल तथा लज व्यवसायी समिति इटहरीद्वारा दही–चिउरा खाने कार्यक्रम

Listen to this article
1 minute read

इटहरी । राष्ट्रिय धान दिवसको अवसर पारेर होटल तथा लज व्यवसायी समिति इटहरीले सोमबार इटहरीको बरगाछीस्थित होटल पल्पसामा दही–चिउरा खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, होटल व्यवसाय महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष देवी गौतम (रबिन), होटल तथा पर्यटन व्यवसाय संघ कोशी प्रदेशका महासचिव उमानाथ दाहाल, नेपाल रेडक्रस सोसाइटी इटहरी शाखाका सभापति दिनेश भट्टराई, इटहरी उपमहानगरपालिकाको पर्यटन शाखाका प्रमुख नवल भट्टराई, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित सबैले राष्ट्रिय धान दिवसको सांस्कृतिक महत्वलाई आत्मसात गर्दै दही–चिउरा ग्रहण गरेका थिए। कार्यक्रमले होटल तथा पर्यटन क्षेत्रका व्यवसायीबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।

आयोजक समितिका अध्यक्ष दीपक पोखरेलले होटल तथा लज व्यवसायी समिति इटहरीले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा व्यवसायिक गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायीहरूको हित, सामाजिक उत्तरदायित्व र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रम सहभागीहरूले यस्ता भेटघाट तथा अन्तरक्रियाले व्यवसायीहरूबीच एकता, सहकार्य र अनुभव आदान–प्रदानको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *