चलचित्र क्षेत्रमा योगदानको कदर गर्दै कलाकार रितेश जंग पौडेल (खत्री) सम्मानित

Listen to this article
1 minute read

इटहरी । लामो समयदेखि मोफसलबाट नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै केन्द्रीय चलचित्रहरूमा निरन्तर अभिनय गर्दै आएका कलाकार रितेश जंग पौडेल (खत्री) चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको सम्मानित हातबाट सम्मानित भएका छन्।

मोफसलमै बसेर पनि केन्द्रीय नेपाली चलचित्रहरूमा विशेष भूमिकामा अभिनय गर्दै आएका पौडेलले यसै वर्ष दयाहाङ राई र विजय बराल अभिनीत चलचित्र, समीर भट्ट अभिनीत बहुप्रतीक्षित चलचित्र ‘बलिदान’, साथै हरिवंश आचार्य, जितु नेपाल र दीपाश्री निरौला लगायतका कलाकारसँग चलचित्र ‘पाँच पाण्डव’ मा पनि स्क्रिन सेयर गर्ने अवसर प्राप्त गरेका छन्।

सम्मानपछि प्रतिक्रिया दिँदै पौडेलले आर्थिक रूपमा चलचित्र क्षेत्रले धेरै लाभ नदिए पनि दर्शक, शुभेच्छुक र सहकर्मीबाट प्राप्त माया, सम्मान, विश्वास र कलाकारप्रतिको कदर नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। उनले यस्तै माया र सम्मानले आफूलाई निरन्तर अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे।

पौडेलले प्राप्त सम्मानलाई आफ्नो कलाकारिता यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवारीका साथ नेपाली चलचित्र क्षेत्रमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सम्मानका लागि आयोजक संस्था, शुभेच्छुक तथा आफूलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *