एसएलसी २०६६ ब्याचद्वारा महेन्द्र माध्यमिक विद्यालयलाई ब्याग र सिलिङ फ्यान सहयोग

Listen to this article
1 minute read

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेका एसएलसी २०६६ ब्याचका पूर्वविद्यार्थीहरूले विद्यालयप्रति आफ्नो दायित्व निर्वाह गर्दै शैक्षिक सामग्री तथा आवश्यक उपकरण सहयोग गरेका छन्।

विद्यालयको आवश्यकतालाई ध्यानमा राख्दै पूर्वविद्यार्थीहरूले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि १९ थान विद्यालय ब्याग सहयोग गरेका छन्। साथै, विद्यालयको पठनपाठन वातावरणलाई थप सहज र व्यवस्थित बनाउन १३ सेट सिलिङ फ्यान पनि विद्यालयलाई हस्तान्तरण गरेका छन्।

सहयोग सामग्री विद्यालयमै आयोजित कार्यक्रममा पूर्वविद्यार्थी चेवन खतिवडा, अशोक धमला, हिरा आले मगर लगायत एसएलसी २०६६ ब्याचका सदस्यहरूले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

विद्यालय परिवारले पूर्वविद्यार्थीहरूको यस सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने विद्यालयका प्रह मेदन कुमार घिमिरेले विश्वास व्यक्त गर्नु भयो । विद्यालयले आगामी दिनमा पनि पूर्वविद्यार्थीहरूको यस्तै सहयोग, सद्भाव र सहकार्य निरन्तर रहने अपेक्षा गरेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *