भोजपुरमा सडक अनुगमन गर्न गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

Listen to this article
1 minute read

भोजपुर | मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ। शाहको टाउकोमा गम्भीर चोट पुगेको छ। अनुसन्धानका लागि छ जना कामदारलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

परितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई प्रहरीले अनुसन्धानका लागि रेखदेखमा लिएको छ। घटनाको दुवै तर्फबाट यथार्थ विवरण लिएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ।  कार्यक्षेत्रमा हुने घटनाले सुरक्षा चुनौती बढेको भन्दै पूर्वाधार विकास कार्यालय भोजपुरले संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *