लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५C को चौथो नियमित क्याबिनेट बैठक तथा अवार्ड समारोह गौरादहमा सुरु

Listen to this article
1 minute read

झापा : लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५C को चौथो नियमित क्याबिनेट बैठक तथा अवार्ड समारोह झापाको गौरादहमा सुरु भएको छ।


लायन वर्ष २०२५/२६ का गतिविधिको समीक्षा, आगामी कार्यक्रमको तयारी तथा उत्कृष्ट क्लब एवं पदाधिकारीलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा देशभरका लायन्सकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

कार्यक्रममा पास्ट डिष्ट्रिक्ट गभर्नर Lila Dhungel, इमिडियट पास्ट डिष्ट्रिक्ट गभर्नर Bikash Adhikari, डिष्ट्रिक्ट गभर्नर Babarjung thapa तथा लायन वर्ष २०२६/२७ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर Lila chimariya सहित वरिष्ठ लायन्स नेतृत्वको उपस्थिति रहेको थियो।

बैठकमा डिष्ट्रिक्ट अन्तर्गत रहेका १६५ वटा लायन्स क्लबका अध्यक्षहरू सहित विभिन्न पदाधिकारीहरूको व्यापक सहभागिता रहेको छ।

क्याबिनेट बैठकमा सेवा गतिविधिको प्रभावकारिता, सदस्यता विस्तार, नेतृत्व विकास, आगामी योजनाहरू तथा उत्कृष्ट कार्य गर्ने क्लब र पदाधिकारीलाई सम्मान गर्ने विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *