संघर्षबाट सफलतासम्मको यात्रा बोकेका बलराम बस्नेत नवराज काफ्लेको साझा समूहबाट सदस्य पदमा चुनावी मैदानमा

Listen to this article
1 minute read

इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा सदस्य पदका उम्मेदवार बलराम बस्नेत चुनावी अभियानमा सक्रिय बनेका छन्। सुनसरी मोबाइल व्यवसायी संघका निवर्तमान अध्यक्षसमेत रहेका बस्नेत अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको नेतृत्वमा रहेको साझा समूहबाट सदस्य पदमा प्रतिस्पर्धामा उत्रिएका हुन्।

इटहरीको गोरखा गल्लीबाट संघर्षपूर्ण रूपमा मोबाइल व्यवसाय सुरु गरेका बस्नेत आज पूर्वी नेपालका विश्वासिला मोबाइल व्यवसायीका रूपमा परिचित छन्। कुनै समय आफ्नै परिवारले समेत खास भरोसा नगरेका उनी अहिले इमान्दार व्यवसाय, गुणस्तरीय सेवा र ग्राहकको विश्वासका कारण सफल उद्यमीका रूपमा स्थापित भएका छन्।

लामो समयदेखि इटहरीसहित सुनसरी र पूर्वी पहाडी जिल्लाहरूमा मोबाइल व्यवसाय विस्तार गरेका बस्नेतले व्यवसायीका समस्या नजिकबाट बुझेको बताउँदै अब उद्योग वाणिज्य संघमार्फत सबै व्यवसायीको साझा हितमा काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

उनका अनुसार उद्योग वाणिज्य संघ कुनै सीमित वर्गको संस्था नभई सबै उद्योगी–व्यवसायीको साझा छाता संगठन भएकाले मोबाइल व्यवसायीसहित साना तथा मझौला व्यवसायीका आवाजलाई संस्थागत रूपमा उठाउन आवश्यक छ। निर्वाचित भए व्यवसायमैत्री वातावरण निर्माण, प्रविधिमैत्री व्यापार विस्तार, व्यवसायीका हकहितको संरक्षण तथा व्यवसायीबीचको एकतालाई प्राथमिकताका साथ अघि बढाउने उनको प्रतिबद्धता छ।

यसपटकको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको नेतृत्वमा रहेको साझा समूहले उद्योगी–व्यवसायीबीच एकता, विश्वास, सहकार्य, पारदर्शी नेतृत्व र व्यवसायमैत्री वातावरण निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएको छ। यही अभियानलाई सफल बनाउन बस्नेतले पनि मतदातामाझ घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।

आगामी असार २७ गते हुने निर्वाचनमा इटहरीका उद्योगी–व्यवसायीले नयाँ नेतृत्व चयन गर्नेछन्। अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री कटुवाल भण्डारीबीच मुख्य प्रतिस्पर्धा भइरहेका बेला सदस्य पदका उम्मेदवार बलराम बस्नेत पनि साझा समूहका सक्रिय र चर्चित उम्मेदवारका रूपमा मतदातामाझ पुगेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *