बजेट विवादले कोशी प्रदेशसभा ठप्प, लगातार तेस्रो पटक बैठक स्थगित

Listen to this article
1 minute read


विराटनगर। कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई लिएर सत्तापक्षभित्रै चुलिएको विवादका कारण प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ।
सत्तारुढ दलहरूबीच बजेट संशोधन गर्ने मोडालिटीमा सहमति जुट्न नसकेपछि बिहीबारका लागि तय गरिएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शुक्रबारका लागि सारिएको हो।सरकारले असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपमार्फत ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो।
बजेट सार्वजनिक भएलगत्तै यसको विनियोजन असन्तुलित रहेको, केही मन्त्री तथा प्रभावशाली नेताका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको र समग्र प्रदेशको आवश्यकता बेवास्ता गरिएको भन्दै सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसकै सांसदहरूले असन्तुष्टि जनाएका थिए।
बजेटमाथिको छलफलका लागि प्रदेशसभा बैठक पहिलो पटक असार ११ गते बोलाइएको थियो।सहमति जुट्न नसकेपछि बैठक १६ गतेका लागि सारिएको थियो।१६ गते पनि बैठक बस्न नसकेपछि १८ गते बिहीबारका लागि बोलाइएको बैठकसमेत स्थगित गर्दै १९ गते शुक्रबारका लागि सारिएको छ।
लगातार तीन पटक बैठक स्थगित भएपछि बजेटमाथिको संसदीय छलफल अन्योलमा परेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *