भोजपुर। जनता समाजवादी पार्टी (जसपा) नेपाल भोजपुरका जिल्ला सचिवसहित १९ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा जसपा नेपाल भोजपुरका जिल्ला सचिव तथा सूचना तथा सञ्चार विभाग सदस्य सन्तोष राई, सह–कोषाध्यक्ष ईश्वरी राई, सदस्यहरू राधा विक, कमला थापा, रविन राई, सिखर राई, सजिव राई, संजय राई, युवराज राई, सुवास राई, निता विक, धनमाया राई, जल्दीप राई, महेन्द्र राई, ज्वाला राई, विश्वविद्या राई, आकृपा शेर्पा (प्रवास समिति जापान), पर्वत राई तथा विश्वराज राई रहेका छन्।

उनीहरू धरानमा आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा श्रम संस्कृति पार्टीका नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै संगठन विस्तार र जनमुखी राजनीतिक अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।













