स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

भोजपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोली गाउँमै पुग्यो,अशक्त संरक्षकका कारण सनाखत हुन नसकेकी ममताले घरमै पाइन् नेपाली नागरिकता

भोजपुर | भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता प्रदान गरेको छ।

असक्त संरक्षकका कारण सनाखत प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्था बनेपछि प्रशासनले सेवा घरमै पुर्‍याएको हो। ममताका बुबा लामो समयदेखि बेपत्ता छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएको पारिवारिक विवरणमा उल्लेख छ।

अदालतले ममताको कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो। तर संरक्षक स्वयं शारीरिक रूपमा अशक्त रहेकाले हिँडडुल र स्पष्ट बोल्नसमेत नसक्ने अवस्था रहेको जनाइएको छ। यही अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली घरमै पुगेर कागजात सङ्कलन र सनाखत प्रक्रिया पूरा गरेको हो।

प्रशासनले सबै कानुनी प्रक्रिया पूरा गरी ममतालाई घरमै नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। वडाध्यक्ष जिरामणि राईले यो कार्यलाई उदाहरणीय र मानवीय पहल भन्दै प्रशंसा गरेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *