इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन नजिकिँदै जाँदा वाणिज्य सदस्य पदका उम्मेदवार बलराम बस्नेतले आफूलाई अत्यधिक मतका साथ विजयी गराउन उद्योगी–व्यवसायीसमक्ष आग्रह गरेका छन्।
इटहरीस्थित हेल्लो मोबाइल सर्भिस सञ्चालन गर्दै आएका बस्नेत हाल सुनसरी मोबाइल व्यवसायी संघका अध्यक्ष तथा मोबाइल व्यवसायी महासंघ, कोशी प्रदेशका सह–कोषाध्यक्ष समेत हुन्। व्यवसायिक क्षेत्रमा लामो अनुभव र सक्रियताका आधारमा उम्मेदवारी दिएको उनले बताएका छन्।
नवराज काफ्लेको नेतृत्वको साझा समूहबाट सदस्य पदमा चुनावी मैदानमा रहेका बस्नेतले उद्योगी–व्यवसायीको हकहित, व्यवसायमैत्री वातावरण निर्माण तथा संघलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले व्यवसायीहरूको समस्या समाधान, संघको संस्थागत विकास र निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा उठाउने लक्ष्यका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै सम्पूर्ण मतदातालाई क्रम संख्या ०८ मा मतदान गरी विजयी गराइदिन अनुरोध गरेका छन्।
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा साझा समूहले व्यवसायिक एकता, पारदर्शिता र प्रभावकारी नेतृत्वलाई प्राथमिकतामा राख्दै चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ। बस्नेतले आफूलाई प्राप्त हुने प्रत्येक मत उद्योगी–व्यवसायीको विश्वासको सम्मान हुने बताउँदै सम्पूर्ण मतदातासँग सहयोग र समर्थनको अपेक्षा गरेका छन्।














