सुन्दरहरैँचा | विराटचोकको बुधबारे बजारमा नेपाली जुत्ता घरको नयाँ शाखा सञ्चालनमा आएको छ। इटहरीमा पनि संचालन भईरहेको नेपाली जुत्ता घरले मोरङको सुन्दरहरैचा स्थित बिराटचोकमा नयाँ शाखा संचालन गरेको छ। नयाँ शाखा संचालन सँगै ग्राहकहरूले अब ६ वटा नेपाली ब्रान्डका गुणस्तरीय जुत्ता तथा चप्पल एउटै स्थानबाट खरिद गर्न सक्ने भएका छन्।
सञ्चालकका अनुसार स्वदेशमै उत्पादन भएका उत्कृष्ट नेपाली ब्रान्डका जुत्ता–चप्पल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विराटचोकमा शाखा विस्तार गरिएको हो। यहाँ पुरुष, महिला तथा बालबालिकाका लागि विभिन्न डिजाइन र साइजका जुत्ता–चप्पल उपलब्ध छन्।
नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहन गर्ने अभियानअन्तर्गत सञ्चालनमा आएको नेपाली जुत्ता घरले गुणस्तरीय उत्पादन उचित मूल्यमा उपलब्ध गराउने जनाएको छ। देशका विभिन्न स्थानमा यसअघि पनि नेपाली ब्रान्डका जुत्ता–चप्पललाई एउटै शोरुममार्फत बिक्री गर्ने अवधारणामा नेपाली जुत्ता घर सञ्चालन हुँदै आएको छ।

बुधबारे बजार, विराटचोक पुगेर नेपाली जुत्ता घरमा उपलब्ध नेपाली ब्रान्डका आकर्षक जुत्ता–चप्पल अवलोकन तथा खरिद गर्न सकिनेछ।













