सप्तकोशी परिसरमा पिकनिक स्पोर्ट्स र भ्यु टावर अलपत्र, स्थानीयको गुनासो

Listen to this article
1 minute read

सुनसरी | बराहक्षेत्र नगरपालिका–९ कौवाटोलीस्थित सप्तकोशी परिसरमा पर्यटकीय प्रवद्र्धनका लागि सुरु गरिएको ‘पिकनिक स्पोर्ट्स’ लामो समयदेखि अलपत्र छ। सोही वडामा निर्माणाधीन ‘धरहरा भ्यु टावर’ पनि सम्पन्न हुन सकेको छैन। यी दुवै आयोजनाले गति लिन नसक्दा स्थानीयवासीमा निराशा छाएको छ।

स्थानीयका अनुसार पूर्व नगरप्रमुख निलम खनालको कार्यकालमा सुरु भएका यी आयोजनालाई वर्तमान नगरप्रमुख रमेश कार्कीले निरन्तरता नदिँदा काम ठप्प भएको हो। पिकनिक स्पोर्ट्सको संरचना जीर्ण हुँदै गएको र भ्यु टावरको निर्माणकार्य अझै पूरा नभएको स्थानीय बताउँछन्।

स्थानीय बलराम मण्डल चन्द्रवंशी भन्छन्, “पिकनिक स्पोर्ट्स बनेको भए आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षा थियो। तर अहिले यो उजाड बस्तीजस्तै भएको छ, बनेका संरचना पनि दिनदिनै भत्किँदै छन्।”

यस्तै, वडा–९ भित्र रहेका पुराना आयोजनाको संरक्षण र सम्पन्न गर्न नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ। एक पालिकाको नेतृत्वले सुरु गरेको काम अर्को नेतृत्वले निरन्तरता नदिँदा विकास निर्माण ठप्प हुने क्रम बढेको स्थानीयको गुनासो छ। अलपत्र आयोजना टुङ्गो नलगाई नयाँ आयोजना थाल्ने प्रवृत्ति पनि बढ्दो रहेको उनीहरूको दाबी छ।

नगरप्रमुख रमेश कार्कीको कार्यकालको अन्तिम चरण पनि नजिकिँदै गर्दा पनि यी आयोजनाको काम सम्पन्न गर्न पहल नभएकोप्रति स्थानीयले असन्तोष जनाएका छन्। उनीहरू भन्छन्, “यी आयोजनाले पर्यटन प्रवद्र्धन र नगरको आम्दानी वृद्धिमा टेवा पु¥याउन सक्थे, तर अलपत्र पार्दा सरकारी बजेटको दुरुपयोग भएको छ।”

स्थानीयवासीले अलपत्र आयोजना सम्पन्न गर्न नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। पिकनिक स्पोर्ट्स, भ्यु टावरलगायत अन्य अलपत्र परेका आयोजनाको काम अघि बढाउन बराहक्षेत्र नगरपालिका लगाएत अन्य निकायले पहल गर्नु अवस्यक छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *