उद्यमशीलता र सामाजिक सेवामा सक्रिय सुमित्रा भट्टराई उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन मैदानमा

Listen to this article
1 minute read

इटहरी । उद्यमशीलता, सीप विकास र सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहेकी सुमित्रा भट्टराई उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनमा उम्मेदवार बनेकी छन्। उनी गायत्री कटुवाल भण्डारी नेतृत्वको स्वतन्त्र प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी हुन्।

इटहरीस्थित पाथीभरा टेलर्स एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी भट्टराईले सिलाइ–कटाइ व्यवसायसँगै विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। उनले व्यावसायिक सीप विकासमार्फत स्वरोजगार सिर्जना र महिला उद्यमशीलताको प्रवर्द्धनमा निरन्तर काम गर्दै आएकी छन्।

व्यवसायसँगै विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी भट्टराई नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, कोशी प्रदेशकी कोषाध्यक्ष तथा राष्ट्रिय महिला उद्यमी महासंघ, कोशी प्रदेशकी सचिवको जिम्मेवारी सम्हालिसकेकी छन्। साथै उनी नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्षसमेत हुन्। विभिन्न संस्थामा काम गर्दा प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरूको हितमा प्रयोग गर्ने उनको प्रतिबद्धता छ।

भट्टराईले इटहरीका उद्योगी–व्यवसायीलाई आवश्यक पर्ने सीप, तालिम, उद्यमशीलता प्रवर्द्धन र महिला व्यवसायीको सशक्तीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सार्वजनिक गरेकी छन्। व्यवसायीका समस्या समाधान, संस्थागत क्षमता अभिवृद्धि तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि उद्योग वाणिज्य संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

यही असार २७ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनलाई लक्षित गर्दै उनी व्यवसायीहरूसँग भेटघाट र छलफललाई तीव्र बनाइरहेकी छन्। आफ्नो अनुभव, इमानदार नेतृत्व र व्यवसायीप्रतिको प्रतिबद्धताका आधारमा मतदान गरी विजयी गराइदिन उनले उद्योगी–व्यवसायीसँग अपिल गरेकी छन्।

भट्टराईले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्था बनाउँदै व्यावसायिक हकहित, सीप विकास, महिला उद्यमशीलता र इटहरीको समग्र आर्थिक उन्नयनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *