डिजिटल चुनावी अभियानमा फेरि सफल काफल्स डिजिटल, गायत्री कटुवाल भण्डारीको ऐतिहासिक जितसँगै चर्चा

Listen to this article
1 minute read

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै पहिलो महिला अध्यक्षका रूपमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएसँगै उनको चुनावी अभियानको डिजिटल व्यवस्थापन गर्ने काफल्स डिजिटल पनि सम्पूर्ण चुनावी डिजिटल प्रचार–प्रसार तथा ब्रान्डिङको जिम्मेवारी काफल्स डिजिटलले सम्हालेको थियो।

चुनावी अभियान सुरु भएदेखि नै काफल्स डिजिटलले उम्मेदवारको लोगो तथा ब्रान्डिङ अवधारणा, प्रिन्ट प्रचार सामग्री, डिजिटल पोस्टर, सामाजिक सञ्जालका ब्यानर, भिडियो प्रचार सामग्री, क्रिएटिभ डिजाइन, अनलाइन व्यवस्थापन तथा समग्र चुनावी डिजिटल प्याकेज तयार गरी अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गरेको थियो।

काफल्स डिजिटलका सञ्चालक सन्तोष धमलाका अनुसार उम्मेदवारको सन्देश व्यवसायी समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यका साथ योजनाबद्ध डिजिटल रणनीति अपनाइएको थियो। “चुनावी अभियानलाई आधुनिक र प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण डिजिटल सामग्री समयमै तयार गरी प्रचार–प्रसार गरिएको थियो,” उनले बताए।

आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार गायत्री कटुवाल भण्डारीले ७५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतको अन्तरले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए। यससँगै उद्योग वाणिज्य संघ इटहरीले आफ्नो इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ।

काफल्स डिजिटलले यसअघि पनि विभिन्न राजनीतिक, व्यावसायिक तथा संस्थागत अभियानहरूको डिजिटल व्यवस्थापन गर्दै आएको जनाएको छ। सञ्चालक धमलाका अनुसार इटहरी जेसिजका विभिन्न नेतृत्व अभियान, उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्षहरू भीम पौडेल र जीवन पराजुलीको नेतृत्वकालका डिजिटल कार्य, स्थानीय तह निर्वाचनमा हेमकर्ण पौडेल तथा प्रतिनिधिसभा निर्वाचनमा ज्ञानेन्द्रकुमार कार्कीको चुनावी डिजिटल अभियानमा समेत काफल्स डिजिटलले काम गरेको थियो।

काफल्स डिजिटलले आगामी दिनमा पनि विभिन्न संस्था, व्यवसायी, सामाजिक संघसंस्था तथा चुनावी अभियानका लागि ब्रान्डिङ, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन, भिडियो उत्पादन र समग्र डिजिटल रणनीति निर्माणलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *