स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

निर्वाचित भएपछि व्यवसायीबीच पुगिन् गायत्री कटुवाल भण्डारी, अभियान टोलीसँग गरिन् समीक्षा

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा ऐतिहासिक रूपमा निर्वाचित भएकी गायत्री कटुवाल भण्डारीले पदभार ग्रहणअघि नै व्यवसायीहरूसँग भेटघाटलाई निरन्तरता दिएकी छन्।

निर्वाचनमा विजयी भएपछि सोमबार भण्डारीले विभिन्न व्यवसायीहरूसँग भेटघाट गर्दै निर्वाचनमा दिएको साथ र विश्वासप्रति आभार व्यक्त गरिन्। त्यसपछि उनले आफ्नो निर्वाचन अभियानमा खटिएको टोलीसँग समीक्षा कार्यक्रमसमेत आयोजना गरिन्।

समीक्षा कार्यक्रममा चुनावी अभियानका अनुभव, व्यवसायीको अपेक्षा तथा आगामी कार्यदिशाबारे छलफल भएको थियो। कार्यक्रममा सहभागी अभियान टोलीले निर्वाचनलाई सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै अब चुनावी अभियानभन्दा व्यवसायीको हितका लागि काम गर्ने समय आएको धारणा राखेका थिए।

गायत्री कटुवाल भण्डारीको निर्वाचन परिचालन समितिका कमान्डर विष्णु डाँगीले व्यवसायीहरूको विश्वासका कारण ऐतिहासिक जित हासिल भएको बताए। उनले अब उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउँदै व्यवसायीका हकहित, समस्या समाधान र संस्थागत सुदृढीकरणमा केन्द्रित भएर काम गरिने जानकारी दिए।

भण्डारीले निर्वाचनमा ७५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतको अन्तरले पराजित गरेकी थिइन्। यससँगै उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *