इटहरी । लेट नाइट फुड डेलिभरी सेवा झ्वाट्टाई (JHWATTAI) ले विश्वकप २०२६ को सेमिफाइनल खेललाई लक्षित गर्दै ‘Predict & Win’ अभियान सार्वजनिक गरेको छ।
अभियानअन्तर्गत अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच हुने सेमिफाइनल खेलको सही अन्तिम स्कोर अनुमान गर्ने एक जना भाग्यशाली विजेताले ५०० रुपैयाँ बराबरको फुड भाउचर प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन खेल सुरु हुनु अघि आफ्नो अनुमानित स्कोर सामाजिक सञ्जालको टिप्पणी (कमेन्ट) मा लेख्नुपर्ने व्यवस्था गरिएको छ। सही स्कोर मिलाउने सहभागीमध्ये लक्की ड्रमार्फत एक जनालाई विजेता घोषणा गरिने झ्वाट्टाईले जनाएको छ।
झ्वाट्टाईले खेलप्रेमी र आफ्ना ग्राहकलाई विश्वकपको रोमाञ्चसँगै आकर्षक उपहारको अवसर प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ।
इटहरी, सुनसरीलाई सेवा क्षेत्र बनाएको झ्वाट्टाई लेट नाइट फुड डेलिभरी सेवाले पछिल्लो समय विभिन्न अफर तथा अन्तरक्रियात्मक अभियानमार्फत ग्राहकसँग जोडिने प्रयास गर्दै आएको छ।














