स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

साहित्य साधनाको सम्मान: छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न’ पदक

‎काठमाडौँ : आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आधुनिक साहित्य परिषद्, काठमाडौंले वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न पदक’ प्रदान गर्दै सम्मान गरेको छ। सो अवसरमा परिषद्को मासिक साहित्यिक कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको थियो।

कार्यक्रम परिषद्का अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो भने डा. शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि तथा अनुसन्धाता एवं साहित्यकार लोकमणि उपाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा साहित्यकार चन्द्रा न्यौपाने, शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटा, आगो विधाका परिकल्पनाकार दीर्घबहादुर चन्द, उतार विधाका प्रवर्तक टङ्कबहादुर खत्री, गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल, षड्ऋतु काव्य समाजकी अध्यक्ष डा. सीता विष्ट कार्की लगायत दर्जनौं साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा साहित्यकार तथा कलाकार पार्वती रिमालको जन्मदिन पनि विशेष रूपमा मनाइएको थियो। कार्यक्रममा सुखशान्ति मिडियाका प्रबन्धक दामोदर ढकालले अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए।

सम्मानित साहित्यकार छवि वैरागी घिमिरेका रचना सरस्वती अर्याल, उमा विडारी र कृष्णप्रसाद पौडेल जस्ताघरेले वाचन गरेका थिए। त्यस्तै, लोकमणि उपाध्यायले सम्मानित व्यक्तित्वको साहित्यिक योगदान, व्यक्तित्व–कृतित्व तथा राम र रामायण–अयोध्या विषयमा प्रकाश पारेका थिए।

प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा–साहित्यका अमर स्रष्टा भएको उल्लेख गर्दै, “स्रष्टा शरीरले नभए पनि आफ्ना कृतिमार्फत सधैं जीवित रहन्छन्,” भन्ने धारणा व्यक्त गरे। उनले छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न पदक’ प्रदान गरी सम्मान गर्नु परिषद्को प्रशंसनीय कार्य भएको बताए।

सभापति मुरलीप्रसाद ढकालले आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा साहित्यकार छवि वैरागी घिमिरेलाई सम्मान गर्न पाउँदा संस्था गौरवान्वित भएको अनुभूति व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यप्रेमीप्रति आभार प्रकट गरे।

कार्यक्रममा चेवन बस्नेत, नीलनाथ आचार्य, वेदप्रसाद गौडेल, कमला थापा, वासुदेव ठकुरी, शिवप्रसाद आचार्य, रोजिना गौतम, कमला भण्डारी, कमला देवी सिंखडा, कल्पना काफ्ले, बच्चुराम बजगाईं, सीमा खड्का, राधिका अधिकारी, भोजभक्त कँडेल, मिना पुडासैनी, मदन नेपाल, बद्री उप्रेती, सपना देवकोटा, गणेशबाबु अधिकारी, सुशीला ढकाल अधिकारी, गीता अर्याल, राजु देवकोटा, केदारनाथ देवकोटा, राजनप्रसाद रिमाल, टपेन्द्र के.सी., केशव ज्ञवाली, ज्ञानेन्द्रकुमारी भण्डारी, जमुना गौतम, किरण बस्नेत, ज्यो. बामदेव ओझा, सीता सुवेदी, महेन्द्रबहादुर थापा मगर, रोदकुमारी थापा मगर, रेखा महर्जन बस्नेत, रामकृष्ण रिजाल, सत्यनारायण ढकाल, राजेन्द्र गड्तौला, के.वी. पौडेल लगायतका स्रष्टाहरूले आफ्ना कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए।

करीब चार घण्टासम्म सञ्चालन भएको कार्यक्रमको सञ्चालन साहित्यकार ध्रुव गजुरेलले गरेका थिए। साहित्यिक सम्मान, सिर्जना वाचन र स्रष्टाबीचको आत्मीय संवादले कार्यक्रमलाई थप गरिमामय बनाएको आयोजकले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *