मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशालामा निर्देशक दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ को छायांकन भइरहेको छ।
नयाँ वृन्दावन गौशाला धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको क्षेत्र हो, जहाँ विभिन्न चलचित्र तथा सांस्कृतिक गतिविधिहरू पनि आकर्षित हुन थालेका छन्।
चलचित्रको छायांकनका लागि सुन्दर प्राकृतिक वातावरण र धार्मिक महत्व बोकेको यस क्षेत्र रोजिनुले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। चलचित्रको केही महत्वपूर्ण दृश्य यही स्थानमा खिचिँदै छन् भने स्थानीयवासीमा पनि छायांकनप्रति उत्साह देखिएको छ।














