सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० विराटचोकस्थित त्रिवेणी रोडमा रहेको शारदा हार्डवेयर परिसरमा सञ्चालन भइरहेको ‘TVS Exchange Mania’ प्रति ग्राहकहरूको आकर्षण बढ्दै गएको छ। आगामी श्रावण ४ गतेसम्म सञ्चालन हुने यस विशेष एक्सचेन्ज अभियानमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS मोटरसाइकल तथा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार मेला सुरु भएयता हालसम्म ३० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्। नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मात्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध रहेको छ भने न्यूनतम मासिक किस्ता (EMI) रु. १२४ बाट सुरु हुने व्यवस्था गरिएको छ।
मेलामा सहभागी ग्राहकहरूले पुरानो सवारीको उच्च मूल्याङ्कन प्राप्त गरी सहज किस्तामा नयाँ TVS सवारी खरिद गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएका छन्।
मनकामना अटो सिटी, विराटनगरचोकका सञ्चालक खेमराज दाहालका अनुसार एक्सचेन्ज मेलामा पुरानो सवारीको उच्चतम मूल्याङ्कन, आर्थिक वर्ष २०८३/८४ को रोड ट्याक्स निःशुल्क, आकर्षक नगद छुट, निःशुल्क हेल्मेट तथा अन्य एसेसरिज, साथै TVS Lifetime Warranty जस्ता विशेष सुविधा प्रदान गरिएको छ।

समिति अवधिका लागि सञ्चालन भइरहेको यस विशेष अभियानको अवसरको सदुपयोग गर्दै आफ्ना पुराना सवारी एक्सचेन्ज गरी नयाँ TVS सवारी खरिद गर्न सबै ग्राहकलाई आग्रह गरेको छ।













