स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

मुन्दुम पदमार्गलाई थप व्यवस्थित बनाउन पर्यटकमैत्री संरचना निर्माण सम्पन्न

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले पदमार्ग क्षेत्रमा निर्माण गरिएको पर्यटकीय पूर्वाधार तथा संरचना निर्माण कार्य सम्पन्न भएको छ। पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा निर्माण सम्पन्न भएपछि बुधबार सामाजिक परीक्षण कार्यक्रमसमेत आयोजना गरिएको हो।

उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको परियोजनाअन्तर्गत पदमार्गको विभिन्न स्थानमा विश्राम गृह, रानीवास गृह, शौचालय, खानेपानी धारा, फोहोरदानी, गोलो टेबल–कुर्सी, बेन्च तथा खानेपानी पाइपलाइनसहितका पर्यटकीय संरचना निर्माण गरिएको आयोजनाको सूचना पाटीमा उल्लेख छ।

निर्माण कार्यको अनुमानित कुल लागत रु. ९८ लाख ९९ हजार १४५ रुपैयाँ ४६ पैसा रहेको छ। लागत साझेदारीमा टेम्केमैयुङ गाउँपालिका, कोशी प्रदेश सरकार, नेपाल सरकार तथा स्विस सरकारको बित्तिय सहयोग समावेश रहेको जनाइएको छ।

परियोजना २०८२ मंसिर १ गते सम्झौता भई २०८३ असार २० गते सम्पन्न भएको हो। सामाजिक परीक्षण कार्यक्रम २०८३ असार ३२ गते अन्नपूर्णमा गाउँपालिका अध्यक्ष सरोज बस्नेत,उपाध्यक्ष रमादेवि राई, जनप्रतिनिधिहरु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

मुन्दुम पदमार्गमा थप सुविधा विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज, सुरक्षित र आकर्षक पदयात्रा अनुभव उपलब्ध हुने अपेक्षा गरेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर टाइम्स अनलाइन लाई बताउनु भयो । पछिल्लो समय टेम्केमैयुङ गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै पदमार्गको दिगो विकास र प्रवर्द्धनलाई पर्यटनमैत्री नीतिहरू अघि बढाइरहेको छ। -भोजपुर टाइम्स अनलाइन

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *