स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

अन्यायपूर्ण कर नीतिविरुद्ध इटहरीमा ५ मिनेट मौन प्रदर्शन हुने

इटहरी । शिक्षा, स्वास्थ्य, विद्युत्, घरजग्गा तथा सेयर बजारमा करको बोझ बढाइएको भन्दै त्यसको विरोधमा इटहरीमा मौन प्रदर्शन आयोजना गरिने भएको छ।

आयोजकका अनुसार २०८३ साल श्रावण १४ गते बेलुका ५ बजे इटहरी मुख्य चोकमा ५ मिनेट मौन धारण गर्दै अन्यायपूर्ण तथा अव्यावहारिक कर नीतिप्रति असहमति जनाइनेछ। आयोजकमध्येका व्यवसायी तारा कटुवालले नागरिकलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

अभियानकर्ताहरूले आफूहरू करको विरोधमा नभई जनहितविपरीत हुने कर नीतिको विरोधमा रहेको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार शिक्षा, स्वास्थ्य र विद्युत्मा कर बढ्दा सर्वसाधारणको जीवनयापन महँगिने, घरजग्गा तथा सेयर बजारमा अत्यधिक कर लगाउँदा लगानी घट्ने, अर्थतन्त्र सुस्ताउने र युवाको भविष्य प्रभावित हुने जोखिम बढ्नेछ।

आयोजकहरूले इटहरी नागरिक आवाज उठाउने शहरका रूपमा परिचित रहेको उल्लेख गर्दै उद्योगी, व्यवसायी, सेयर लगानीकर्ता, घरजग्गा व्यवसायी, विद्यार्थी, युवा तथा आर्थिक समृद्धिको पक्षमा रहेका सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

प्रदर्शनमा सहभागी हुनेहरूलाई सकेसम्म कालो पट्टी, आफ्ना माग लेखिएको प्लेकार्ड वा मोबाइलको फ्ल्यासलाइट साथमा ल्याउन अनुरोध गरिएको छ।

आयोजकका अनुसार यो कुनै राजनीतिक दल वा व्यक्तिविरुद्ध लक्षित आन्दोलन नभई न्यायपूर्ण कर नीति, आर्थिक स्थायित्व र जनहितको पक्षमा सञ्चालन गरिने शान्तिपूर्ण नागरिक अभियान हो।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *