बेलबारी । इलाका प्रहरी कार्यालय बेलबारी मोरङका प्रमुख इन्सपेक्टर राजिव गिरी असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
मोरङ जिल्ला प्रहरी कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा गिरीलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक गिरीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३ अनुसार उत्कृष्ट घोषणा गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिएका छन ।














