धनकुटा | धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ आस्कोटमा तेस्रो खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ।
साउन २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको प्रतियोगितालाई राँके मेलाको शुभ अवसरमा लालिगुराँस युवा क्लब साँगुरीगढी गाउँपालिका वडा नं. ७ आस्कोटले आयोजना गरेको थियो। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको पुरुषतर्फ धरान १६ विजेता बनेको छ भने धरान ११ उपविजेता बनेको छ। त्यसैगरी महिलातर्फ साँगुरीगढी गाउँपालिका वडा नं. १० ताङकेरा विजेता बनेको छ भने आयोजक वडा नं. ७ आस्कोट उपविजेता बनेको छ।
प्रतियोगितामा पुरुषतर्फ विजेता हुने टोलीले नगद रू. ३० हजार ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले नगद रू. १५ हजार ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी महिलातर्फ विजेता टोलीले नगद रू. १० हजार ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले नगद रू. ५ हजार ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस प्रतियोगिताले भलिबल खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।














