स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

चलचित्र ‘गौँथली’ले समात्यो व्यापारिक रफ्तार, अधिकांश शो हाउसफूल

काठमाडौं । चलचित्र ‘गौँथली’ले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै लगेको हो ।

पहिलो दिन औसत देखिएको चलचित्रको व्यापार छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन् । आजका अधिकांश शो बिहानैदेखि ‘हाउसफूल’ देखिएका छन् भने कतिपय शो ‘फिलिङ फास्ट’मा गइरहेका छन् ।

दिउँसो तथा साँझका शोमा बिहानै ८० देखि ९० प्रतिशतसम्म टिकट अनलाइनबाट बिक्री भइसकेको जनाइएको छ । अबेर साँझका शोमा समेत बिहानै ८० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको देखिएको छ । जसका कारण शो टाइममा हलमै पुगेर टिकट पाउन कठिन हुने अवस्था आएको छ ।

“अधिकांश शो बिहानै हाउसफूल भइसकेका छन् । त्यसैले हलमै गएर टिकट पाउन कठिन छ,” निर्देशक कपिल रिजालले भने, “यदि कसैलाई समयको पाबन्दी छ भने अगाडि नै टिकट काट्नुहोला, किनकि हलमा गएर टिकट काट्छु भन्दा नपाइन पनि सक्छ ।”

दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण चलचित्रका शोहरू हाउसफूल हुन थालेको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।

काठमाडौं । चलचित्र गौँथलीले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै लगेको हो ।

पहिलो दिन औसत देखिएको चलचित्रको व्यापार छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन् । आजका अधिकांश शो बिहानैदेखि ‘हाउसफूल’ देखिएका छन् भने कतिपय शो ‘फिलिङ फास्ट’मा गइरहेका छन् ।

दिउँसो तथा साँझका शोमा बिहानै ८० देखि ९० प्रतिशतसम्म टिकट अनलाइनबाट बिक्री भइसकेको जनाइएको छ । अबेर साँझका शोमा समेत बिहानै ८० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको देखिएको छ । जसका कारण शो टाइममा हलमै पुगेर टिकट पाउन कठिन हुने अवस्था आएको छ ।

“अधिकांश शो बिहानै हाउसफूल भइसकेका छन् । त्यसैले हलमै गएर टिकट पाउन कठिन छ,” निर्देशक कपिल रिजालले भने, “यदि कसैलाई समयको पाबन्दी छ भने अगाडि नै टिकट काट्नुहोला, किनकि हलमा गएर टिकट काट्छु भन्दा नपाइन पनि सक्छ ।”

दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण चलचित्रका शोहरू हाउसफूल हुन थालेको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *