स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

पदग्रहणअघि निर्वाचित सदस्यहरूसँग नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीको छलफल

इटहरी । उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले पदग्रहणअघि संघका सम्पूर्ण नवनिर्वाचित सदस्यहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण निर्वाचित सदस्यहरूलाई एकै ठाउँमा आमन्त्रण गरी रात्रिभोजसहित आगामी दिनमा संघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्नुभएको हो। छलफलका क्रममा निर्वाचित सदस्यहरूका चाहना, व्यवसायीहरूसँगका अपेक्षा तथा संघले आगामी दिनमा लिनुपर्ने कार्यदिशाबारे राय–सुझावसमेत लिइएको थियो।

अध्यक्ष भण्डारीले पद प्राप्त गर्नु मात्र ठूलो कुरा नभई पदमा रहेर व्यवसायीहरूको हितमा देखिने र अनुभूति गर्न सकिने परिणाम निकाल्नु मुख्य कुरा भएको बताउनुभयो। उहाँले आगामी दिनमा संघलाई परिणाममुखी ढङ्गले अघि बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“पदभन्दा पनि परिणाम महत्वपूर्ण हुन्छ। हामी सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै व्यवसायीहरूको हितमा राम्रो परिणाम निकाल्नुपर्छ,” अध्यक्ष भण्डारीले भन्नुभयो।

उहाँले नवनिर्वाचित सदस्यहरूको साथ, समर्थन र सहयोग लिँदै उद्योग वाणिज्य संघ इटहरीलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढाएर लैजाने बताउनुभयो। सबै सदस्यको सहकार्य, व्यवसायीहरूको सुझाव र साझा प्रयासबाट संघलाई परिणाममुखी ढङ्गले अघि बढाउने उहाँको भनाइ छ।

छलफलका क्रममा नवनिर्वाचित सदस्यहरूले पनि अध्यक्ष भण्डारीलाई साथ, समर्थन र सहयोग गर्दै संघलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन प्रतिबद्धता जनाएका छन्। सबै निर्वाचित सदस्यहरूले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै संघको संस्थागत विकास र व्यवसायीहरूको हितमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।

अत्न्यैमा , नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले भन्नु भयो “यो भेटघाट कुनै रमाइलोका लागि मात्र नभएर साझा अभियानको शुभारम्भ भएको बताउनुभयो।”

उहाँले सबैको साथ, सहयोग र समर्थन लिएर संघलाई अझ व्यवस्थित, सबल र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नवनिर्वाचित सदस्यहरूले पनि अध्यक्ष भण्डारीलाई साथ दिँदै उद्योगी–व्यवसायीको साझा हितका लागि एकताबद्ध भएर काम गर्ने बताएका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *