स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन


इटहरी । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच सहकार्य र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा पैरवी समूह गठन कार्यक्रम सम्पन्न भएको छ।


बुधबार इटहरीस्थित होटल त्रियुगा मा आयोजित कार्यक्रममा माननीय सपना परियार,माइती नेपाल सुनसरीको प्रमुख सुनीता कार्की,स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले समाजमा अझै पनि विभेद, बहिष्करण तथा अवसरको असमानता भोग्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै सरोकारवालाले साझा प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रमको उद्देश्य समावेशी र जिम्मेवार सञ्चार अभ्यासको प्रवर्द्धन, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार तथा समावेशीकरणबारे समझदारी अभिवृद्धि, उनीहरूले भोगिरहेका राजनीतिक तथा सामाजिक चुनौतीहरूको समाधानका लागि पहल तथा विविधता, समानता र सम्मानमा आधारित सञ्चार अभ्यास र समाज निर्माणमा योगदान पुर्‍याउनु रहेको लिड नेपाल झापाको कार्यक्रम निर्देशक नुमा लिम्बू चन्चलाले जानकारी गराइन ।


लिड नेपाल, दमक–झापा को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संरक्षण, नीति निर्माणमा सहभागिता र सामाजिक स्वीकार्यता अभिवृद्धिका लागि सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ बनाउने लिड नेपालका अध्यक्ष सुशील पाैडेलले जानकारी गराए ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *