इटहरी । २१ वर्षको उमेरमै आफूभित्र रहेको कला र प्रतिभालाई पेशामा रूपान्तरण गर्न सफल भएकी ललिता विश्वकर्माले ‘Laya Fitness & Dance’ सञ्चालनमा ल्याएकी छन्।
सानै उमेरदेखि नै नृत्य तथा अभिनयप्रति रुचि राख्दै आएकी विश्वकर्माले कलालय इटहरीकी विद्यार्थीका रूपमा थिएटर तथा नाटकमा सक्रिय सहभागिता जनाउँदै आफ्नो कलायात्रालाई अघि बढाएकी हुन्। उनले विभिन्न विद्यालयमा डान्स शिक्षकका रूपमा समेत अनुभव बटुलिसकेकी छन्।
नृत्य र फिटनेसप्रतिको आफ्नो रुचि तथा अनुभवलाई व्यवसायिक रूपमा अघि बढाउने उद्देश्यले विश्वकर्माले ‘Laya Fitness & Dance’ सञ्चालनमा ल्याएकी हुन्। यहाँ जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि जुम्बा तथा विभिन्न प्रकारका डान्स क्लासमा सहभागी हुन सक्नेछन्।
सञ्चालनको विशेष अवसरमा संस्थाले एडमिसनमा ५० प्रतिशत छुटको आकर्षक अफरसमेत ल्याएको छ।
विश्वकर्माका अनुसार ‘Laya Fitness & Dance’ को उद्देश्य केवल नृत्य सिकाउनु मात्र नभई हरेक व्यक्तिभित्र लुकेको प्रतिभालाई उजागर गर्नु, आत्मविश्वास बढाउनु, स्वस्थ जीवनशैलीको विकास गर्नु र कलाको माध्यमबाट नयाँ पुस्तालाई प्रेरित गर्नु हो।
आफ्नै रुचि, क्षमता र प्रतिभालाई पेशामा रूपान्तरण गर्दै अघि बढेकी विश्वकर्माको यो प्रयासले युवा पुस्तालाई सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।














