स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

क्यान्सर पीडित दिलबहादुर थाहालाई १७ हजार १० रुपैयाँ सहयोग

इटहरी । मुखको क्यान्सरबाट पीडित इटहरी उपमहानगरपालिका–२०, धनपुरी टोल निवासी दिलबहादुर थापालाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ।

साविक हस्पोसा गाविस–२ निवासी थापा हाल नियमित उपचारका लागि भरतपुर क्यान्सर अस्पताल, चितवन आउजाउ गर्दै आएका छन्। उपचारको फलोअपका क्रममा यातायात, बसोबास तथा खानपानमा लाग्ने खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको अवस्थामा सहयोगी मनहरूबाट संकलित रु. १७ हजार १० रुपैयाँ उहाँलाई हस्तान्तरण गरिएको हो।

उक्त सहयोग रकम इटहरी उपमहानगरपालिका–२० का वडा अध्यक्ष मणिराम श्रेष्ठ तथा वडा सदस्य तनुज गुरुङको उपस्थितिमा हस्तान्तरण गरिएको बताइएको छ।

यसअघि पनि विभिन्न व्यक्ति तथा संघसंस्थाको पहलमा थापालाई उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराइएको थियो। उहाँको उपचारमा थप सहयोग गर्न इच्छुक महानुभावहरूलाई प्रत्यक्ष रूपमा वा सम्बन्धित व्यक्तिहरूमार्फत सम्पर्क गरी सक्दो आर्थिक सहयोग गरिदिन परिवार तथा सहयोगीहरूले आग्रह गरेका छन्।

मानव सेवाभन्दा ठूलो धर्म अर्को छैन भन्ने भावनाका साथ सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *