स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा यथावत…………..

सुनसरी | सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा अवस्थाको समीक्षा गर्दै जनजीवन सहज बनाउन कर्फ्यु हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल का अनुसार अब देवानगञ्ज गाउँपालिका र हरिनगरा गाउँपालिका क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने गरी निषेधाज्ञा भने यथावत रहनेछ।

प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिमाथि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानुनी कारबाही गरिने स्पष्ट गरेको छ।

यस्तै, प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकाय को परिचालन निरन्तर जारी रहेको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

सुरक्षा निकायका अनुसार क्षेत्रको अवस्था सामान्य बन्दै गए पनि शान्ति–सुरक्षा कायम राख्न उच्च सतर्कता यथावत राखिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *