स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेपाल भ्यालुयर्स एसोसिएसन कोशी प्रदेशको अध्यक्षमा इ. सचिन बराल सर्वसम्मत चयन

इटहरी, साउन १६ — नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) कोशी प्रदेशको तेस्रो साधारण सभाले इ. सचिन बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इ. कुमार तिम्सिना र इ. भविन कुमार खड्का महाराजी, सचिवमा इ. सुमन तिम्सिना, सह–सचिवमा इ. विशाल कुमार झा तथा कोषाध्यक्षमा इ. माधव सुवेदी चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा इ. प्रेमसागर बजगाई, इ. बद्री निरौला, इ. उपेन्द्र गुप्ता, इ. सुरज पोदार, इ. प्रदीप थापा, इ. किसन कुमार अधिकारी तथा इ. विक्रम खड्का रहेका छन्।

कोशी प्रदेशका अध्यक्ष इ. आमोदराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष इ. सञ्जय कुमार महतो प्रमुख अतिथि रहेका थिए। विशेष अतिथिका रूपमा निवर्तमान केन्द्रीय अध्यक्ष तथा नेपाल बीमा सर्भेयर संघका अध्यक्ष इ. ऋषि कोइराला, महासचिव इ. अशोक सिलवाल र सचिव इ. रविन्द्र अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष महतोले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कोशी प्रदेशबाट सुरु भएको नयाँ नेतृत्वले भ्यालुयर्स पेशालाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष ऋषि कोइरालाले कोशी प्रदेशका निवर्तमान अध्यक्ष इ. आमोदराज आचार्यले संस्थाको स्थापना कालदेखि पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनको सक्रियताले एनभिएलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले नयाँ कार्यसमितिको नेतृत्वमा कोशी प्रदेश अझ प्रभावकारी र सशक्त बन्ने विश्वास व्यक्त गरे।

महासचिव इ. अशोक सिलवालले प्रदेश तथा च्याप्टर समितिहरू स्रोत–साधनका हिसाबले क्रमशः सुदृढ बन्दै गएको उल्लेख गर्दै संस्थालाई अझ संगठित, सक्षम र प्रभावशाली बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

सचिव इ. रविन्द्र अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सबै तहका समितिहरूबीच सहकार्य र एकताको आवश्यकता औँल्याए। उनले जानाजानी गल्ती गर्ने इन्जिनियरलाई एसोसिएसनले संरक्षण नगर्ने स्पष्ट पार्दै अन्यायमा परेका तथा बैंक तथा वित्तीय संस्थाबाट अनुचित दबाबमा परेका भ्यालुयर्सको हकहितमा संस्था सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए।

नयाँ नेतृत्व चयनसँगै कोशी प्रदेशमा नेपाल भ्यालुयर्स एसोसिएसनले व्यावसायिक अधिकारको संरक्षण, संस्थागत सुदृढीकरण तथा भ्यालुयर्सको हकहितका विषयलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *