स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इनरुवाका समाजसेवी गोपाल कोइराला ‘त्यागी’माथि आधारित पुस्तक ‘एउटा अथक योद्धा’ लोकार्पण

इनरुवा, साउन १७ — सुनसरीको इनरुवा निवासी समाजसेवी तथा प्रेरणादायी व्यक्तित्व गोपाल कोइराला ‘त्यागी’को जीवनसंघर्ष, सामाजिक योगदान र व्यक्तित्वमाथि आधारित पुस्तक ‘एउटा अथक योद्धा’ को औपचारिक लोकार्पण गरिएको छ।

एक विशेष समारोहका बीच लोकार्पण गरिएको उक्त पुस्तकमा कोइरालाको जीवनयात्रा, विभिन्न संघर्षका अध्याय, समाजसेवा, मानवीय योगदान तथा प्रेरणादायी अनुभवहरू समेटिएको जनाइएको छ।

कार्यक्रममा वक्ताहरूले गोपाल कोइराला ‘त्यागी’ले समाज रूपान्तरण, मानवीय सेवा र विभिन्न सामाजिक अभियानमा पुर्‍याएको योगदान अनुकरणीय रहेको उल्लेख गर्दै पुस्तकले उनका विचार र कर्मलाई भावी पुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सहभागीहरूले ‘एउटा अथक योद्धा’ पुस्तकले युवा पुस्तालाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र सेवाभावप्रति प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका थिए।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *