स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नियोपोलिस विश्वविद्यालय पाफोसको ‘Agent Meet & Greet’ इटहरीमा सम्पन्न

इटहरी । नियोपोलिस विश्वविद्यालय पाफोसको ‘Agent Meet & Greet’ इटहरीमा सम्पन्न भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल शाखाको समन्वय तथा सहजीकरणमा Neapolis University Pafos, Cyprus का नेपालका लागि कन्ट्री म्यानेजर सुमन अधिकारी को निमन्त्रणामा शैक्षिक परामर्श व्यवसायीहरूको ‘Agent Meet & Greet’ कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।

इटहरीस्थित स्काई लक्स मा आयोजित कार्यक्रममा ECAN पूर्वाञ्चल शाखाका अध्यक्ष रवि कुमार गुप्ताको अध्यक्षता रहेको थियो भने ECAN पूर्वाञ्चल शाखाका सचिव गोपाल निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा Neapolis University Pafos का नेपाल कन्ट्री म्यानेजर सुमन अधिकारी ले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय मान्यता, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सहायता सेवा तथा साइप्रसमा अध्ययनका अवसरबारे विस्तृत जानकारी गराएका थिए।

कार्यक्रमका विशेष अतिथिका रूपमा ECAN केन्द्रीय सदस्य कमल तिम्सिना तथा नागरिक समाज इटहरीका पूर्व अध्यक्ष एवं सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीका महासचिव राजु के.सी. सहभागी भएका थिए। कार्यक्रमको विशेष सहजीकरण दिव्यराज गुरुङले गरेका थिए।

कार्यक्रममा पूर्वी नेपालका विभिन्न शैक्षिक परामर्श व्यवसायी तथा कन्सल्टेन्सी सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सेवा, अन्तर्राष्ट्रिय शैक्षिक अवसर तथा भावी संस्थागत सहकार्यका विषयमा जानकारी आदान–प्रदान गरेका थिए।

आयोजकका अनुसार यस्तो कार्यक्रमले नेपाली शैक्षिक परामर्श व्यवसायी र Neapolis University Pafos बीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपाली विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षामा सहज पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *