स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

‘जुनियर मिस्टर एण्ड मिस तराई धरान’को ट्यालेन्ट राउन्ड सम्पन्न, दर्शन र निर्जलालाई अवार्ड

इटहरी/ युनिभर्सल डान्स सेन्टर इटहरीको आयोजनामा सञ्चालन भइरहेको ‘जुनियर मिस्टर एण्ड मिस तराई धरान’ पहिलो संस्करणको ट्यालेन्ट राउन्ड भव्यताका साथ सम्पन्न भएको छ । भर्खरै मात्र इटहरी च्याप्टरको चौथो संस्करण सफलतापूर्वक सम्पन्न गरेको यस आयोजक संस्थाले धरान च्याप्टरमा ३० जना बालबालिकाहरु फाइनल प्रतिस्पर्धामा सहभागी भएका छन् ।

सम्पन्न ट्यालेन्ट राउन्डमा सहभागी प्रतिस्पर्धी बालबालिकाहरूले नृत्य, गायन, वाद्यवादन र वक्तृत्व लगायतका आफ्ना उत्कृष्ट प्रतिभाहरू प्रस्फुटन गरेका थिए । कार्यक्रमको ट्यालेन्ट राउन्डमा निर्णायकको भूमिकामा कृषाज बुटिक कलेक्सनकी फेसन डिजाइनर कृषा विष्ट, मिस्टर तराई २०२५ का विजेता रेन बस्नेत र डी ग्यालेक्सी डान्स क्रिउ बाँसबारीका डान्स कोरियोग्राफर सुमन परियार रहेका थिए ।

निर्णायकहरूले प्रदान गरेको अंकका आधारमा उत्कृष्ट प्रदर्शन गर्दै सिनियरतर्फबाट दर्शन राई र जुनियरतर्फबाट निर्जला अछामीले ट्यालेन्ट राउन्डको अवार्ड हात पार्न सफल भएका छन् । अब यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौको ६ गते शनिबार धरानमा हुँदैछ । फिनालेका लागि सिनियरतर्फ प्रकृति भण्डारी, दर्शन राई, नुगेन् तामाङ, नुमा लिम्बू, सारा लिम्बू, साईमोना विश्वकर्मा, मिङसु लिम्बू, खुशी राई, पृष्का राई, चोसाप्लुङमा लिम्बू, सलिना सिवा र प्रीति थापा मगर रहेका छन् ।

यस्तै जुनियरतर्फ लेनिशा मगर, तायमा राई, सेमीहाङमा राई, हिमानी श्रेष्ठ, सिम्रन राई, तान्छोमी लिम्बू, एल्सु राई, सुहाना तामाङ, प्रिन्सा राई, कृष दाहाल, युभान बजगाईं, नोरेन श्रेष्ठ, निर्जला अछामी, दिपेश गदाइली, सिम्रन राई, आदित्य राई, हान्छा राई र रियांश फाइनल प्रतिस्पर्धामा सहभागी छन् । यसपटक उपाधि जित्ने प्रतिस्पर्धीहरूका लागि निकै आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विजेतालाई गियर साइकल, नगद पुरस्कार, क्राउन र प्रमाणपत्रका साथै एक वर्षको निःशुल्क डान्स कोर्स, म्युजिक भिडियो र फोटोसुटको अवसर, मिडिया फिचरिङ, फेसन सो, स्कुल ब्याग, जुत्ता र लाइफ इन्स्योरेन्स जस्ता थुप्रै सुविधाहरू प्रदान गरिनेछ ।

यस्तै फिनालेबाट हुने फस्ट र सेकेन्ड रनर-अपलाई नगद, क्राउन र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस कार्यक्रमको नेतृत्वदायी भूमिका आयोजक संस्थाका सिईओ कृति भुजेल र म्यानेजिङ्ग डाइरेक्टर जेनिष विश्वकर्माले सम्हालिरहेका छन् भने कोरियोग्राफी उमेश खड्काले गरिरहेका छन् । कार्यक्रमको मिडिया संयोजकको जिम्मेवारी सुवास संकल्प श्रेष्ठले सम्हालेका छन् । त्यसैगरी, भिडियो तथा फोटोग्राफीको व्यवस्थापन ‘परीकला फोटोग्राफी’ले गरेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई मोडलिङ र फेसनको क्षेत्रमा सुरक्षित र उत्कृष्ट प्लेटफर्म प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *