इटहरी । TVS Motor Company ले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर TVS Orbiter सार्वजनिक गरेको छ। सहरी यात्रालाई लक्षित गरी ल्याइएको Orbiter मा आधुनिक डिजाइनसँगै स्मार्ट प्रविधि, आराम र उपयोगितालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
सोमबार इटहरीको राजस्व ढाटस्थित पारस अटोमोबाइल्स, जगदम्बा मोटर्समा आयोजित एक कार्यक्रमबीच नयाँ विद्युतीय स्कुटर TVS Orbiter सार्वजनिक गरिएको हो।
TVS Orbiter मा ३.१ kWh ब्याट्री रहेको छ भने यसले १५८ किलोमिटर IDC रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। स्कुटरमा हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल तथा पार्किङ असिस्टजस्ता सुविधा उपलब्ध छन्।
Orbiter को प्रमुख विशेषतामध्ये उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल रहेको कम्पनीले जनाएको छ। यसले सहरी सडकमा ग्रिप, स्थिरता र ह्यान्डलिङलाई सहज बनाउने बताइएको छ। स्कुटरमा १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट रहेको छ।
त्यस्तै, स्कुटरमा ३४ लिटरको अन्डर-सिट स्टोरेज रहेको छ, जसमा दुईवटा हेल्मेट अट्ने कम्पनीको भनाइ छ। २९० मिलिमिटर स्ट्रेट-लाइन फुटबोर्डका कारण चालक तथा पछाडि बस्ने यात्रुलाई पर्याप्त लेगरुम उपलब्ध हुने बताइएको छ।
TVS Orbiter मा कनेक्टेड मोबाइल एप, कल तथा SMS डिस्प्ले हुने कलर LCD डिजिटल क्लस्टर, USB 2.0 चार्जिङ, LED हेडलाइट तथा एज-टु-एज कम्बिनेसन ल्याम्पलगायतका सुविधा छन्। मोबाइल एपमार्फत ब्याट्री चार्ज तथा ओडोमिटरको अवस्था टाढैबाट जाँच गर्न सकिने कम्पनीले जनाएको छ।
नेपालका विभिन्न सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर TVS Orbiter को व्यापक परीक्षण गरिएको जगदम्बा मोटर्स प्रालिका रिजनल मेनेजर अर्जुन खानालले बताउनुभयो।
सुरक्षातर्फ स्कुटरमा जियोफेन्सिङ, टाइम फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, चोरी तथा टोइङ अलर्ट, दुर्घटना तथा स्कुटर ढलेको अलर्टजस्ता कनेक्टेड फिचर उपलब्ध छन्। यसमा रेन्ज तथा कार्यसम्पादनअनुसार प्रयोग गर्न सकिने Eco र Power मोड समेत रहेको पारस अटोमोबाइल्स सेन्टरका प्रबन्ध निर्देशक लिला नाथ लुइँटेलले बताउनुभयो।
TVS Orbiter नेपालमा Neon Sunburst, Cosmic Titanium र Martian Copper गरी तीन रंगमा उपलब्ध हुनेछ। यसको परिचयात्मक मूल्य रु. २ लाख ८१ हजार ९ सय तोकिएको छ।
कम्पनीले TVS Orbiter मार्फत नेपालमा विद्युतीय मोबिलिटीको बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ। प्रेस विज्ञप्तिअनुसार, नयाँ स्कुटरमा स्मार्ट कनेक्टिभिटी, उन्नत एरोडाइनामिक डिजाइन, आराम तथा उपयोगितालाई एकैसाथ समेटिएको छ।














