स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा भक्तजनलाई निःशुल्क मोही वितरण

इटहरी । धार्मिक तथा सामाजिक सेवाको उद्देश्यसहित इटहरीमा भक्तजनहरूलाई निःशुल्क मोही वितरण गरिएको छ।

लियो क्लब अफ तरहरा इटहरीको आयोजनामा सोमबार बुढिगंगा जमुनामुक्ति घाट क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भक्तजनहरूलाई निःशुल्क मोही वितरण गरिएको हो।

गर्मीको समयमा धार्मिक स्थलमा आउने भक्तजनलाई शीतलता प्रदान गर्नुका साथै सामाजिक सेवामार्फत समुदायसँग जोडिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा क्लबका अध्यक्ष युगल बजगाईंले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनले क्लबका सदस्यहरूलाई सक्रिय रूपमा परिचालन गर्दै कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

कार्यक्रम सफल बनाउन मोही सहयोग उपलब्ध गराउने कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, विभिन्न सहयोगी व्यक्ति तथा संस्थाप्रति क्लबले आभार व्यक्त गरेको छ।

त्यस्तै, कार्यक्रममा सक्रिय सहभागिता जनाउने क्लबका सदस्य तथा उपस्थित भक्तजनहरूलाई समेत क्लबले धन्यवाद दिएको छ।

क्लबले सामाजिक सेवा तथा समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *