स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

९ करोड ८८ लाख ६७ हजार लागत, भारतको ९५ र गाउँपालिकाको ५ प्रतिशत साझेदारी

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। केन्द्र निर्माणका लागि नेपाल सरकार, भारत सरकार र टेम्केमैयुङ गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ ९० पैसा रहेको छ। लागतको ९५ प्रतिशत भारत सरकार र ५ प्रतिशत गाउँपालिकाले व्यहोर्नेछन्। यसअनुसार भारत सरकारको अनुदान करिब ९ करोड ३९ लाख २४ हजार रुपैयाँ र गाउँपालिकाको योगदान करिब ४९ लाख ४३ हजार रुपैयाँ हुनेछ।

परियोजनाको निर्माण अवधि १५ महिना तोकिएको छ। निर्माणको जिम्मेवारी गाउँपालिकाले लिनेछ भने अनुदान रकम कार्यप्रगतिका आधारमा ६ किस्तामा निकासा हुने व्यवस्था छ।

परियोजनाको अनुगमनका लागि नेपाल सरकार, भारतीय दूतावास, जिल्ला समन्वय समिति र गाउँपालिकाका प्रतिनिधिसहितको अनुगमन समिति रहनेछ।

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,नेपालस्थित भारतीय दूतावास र टेम्केमैयुङ गाउँपालिकाबीच परियोजना कार्यान्वयनसम्बन्धी समझदारी भएको हो।समझदारीपत्रमा नेपाल सरकारका उपसचिव होमनाथ काफ्ले, भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनाश कुमार सिंह र गाउँपालिका अध्यक्ष सरोज बस्नेतले हस्ताक्षर गरेका छन्। समझदारीमा ११ अगस्ट २०२६ मा काठमाडौंमा हस्ताक्षर भएको हो।

केन्द्र निर्माणपछि स्थानीय कृषि उत्पादनको संकलन, बजारीकरण र बिक्रीलाई व्यवस्थित गर्दै कृषकलाई बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो गाउँपालिकालाई मात्रै होइन खोटाङ र भोजपुरलाई नै यो परियोजनाले लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *