स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

रेडिमेड व्यवसायी संघ इटहरीद्वारा निःशुल्क आँखा शिविर तथा स्वास्थ्य परीक्षण

इटहरी । रेडिमेड व्यवसायी संघ इटहरीको र योगदान राष्ट्रको लागि नगर समिति संस्थाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर तथा स्वास्थ्य परीक्षण गरिएको छ ।

इटहरीको संगीतचोकमा बुधबार बिहान आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट १५५ जना सर्वसाधारण तथा व्यवसायीले प्रत्यक्ष सेवा लिएका छन् । रेडिमेड व्यवसायी संघ इटहरीको आयोजनामा भएको उक्त शिविरमा सहभागीहरूको दृष्टि जाँच, आँखा सम्बन्धी परामर्श तथा आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरलाई इन्खा एकीकृत अस्पताल र इटहरी आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थिए । आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल सम्म पुग्न नसक्ने नागरिकहरूलाई सहज र पहुँचयोग्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष दामोदर रिमालले बताउनुभयो ।

उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले व्यवसायीहरूको स्वास्थ्य जाँचमा सहयोग गरिएको र आगामी दिनमा पनि उद्योग वाणिज्य संघले रेडिमेड व्यवसायीहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संघका पदाधिकारी, व्यवसायी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणका लागि यस्ता सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। रेडिमेड व्यवसायी संघ इटहरीले आगामी दिनमा पनि व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *